ओमानविरुद्ध नेपालको सानदार जित

'कुशल, सोम्पाल र सन्दीपकाे उत्कृष्ट प्रर्दशन'

काठमाडौं – नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । घाइते हुँदा अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए ।अकिब ओमानका प्रमुख ब्याटर हुन् । उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । तर चोटका कारण उनी सुरुवात देखिनै ब्याटिङमा आएका थिएनन् । पछि क्रिजमा नआई उनी रिटायर्ट आउट भएपछि नेपाल विजयी भएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार