अनुगमन टोली खटाउँदै निर्वाचन आयोगले दियो ५ बुँदे निर्देशन

'आचारसंहिता नमान्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइने'

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न पनि भनेको छ ।

यही वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदै छ । निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने दिनभन्दा ४८ घन्टा अघि अर्थात् बिहीबार राति १२ बजेदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको छ । उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न अब पाइँदैन ।

त्यसको अनुगमन गर्न विशेष टोली खटाइएको आयोगले जनाएको छ । उपनिर्वाचन हुन गइरहेका सम्बन्धित जिल्लाका जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार