थप २ हजार ८२८ जनामा कोरोना पुष्टि, ५२ जनाको मृत्यु

नेपालमा बुधबार थप २ हजार ८ सय २८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६८७ पिसिआर र ४ हजार ३३५ एन्टीजेन परिक्षणका क्रममा थप २ हजार ८२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५२ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ५५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ३ हजार ८२ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ३२ लाख ४० हजार २९९ वटा नमुनाको पीसीआर र १ लाख २३ हजार ३८६ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार