१४ वाणिज्य बैंकको नाफा बढ्यो, ७ वटाको घट्यो, कुनको कति ?

बैंकको नाफा ११.६७ प्रतिशतले बढ्यो, बढी कमाउनेमा नबिल

बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुको नाफा मिश्रित देखिएको छ । केहीको घटेको छ भने केहीको राम्रैसँग बढेको छ । पछिल्लो वित्तीय विवरणको अनुसार वाणिज्य बैंकहरुको नाफालाई खराब ऋणले प्रभावित गरेको छ ।

९ महिनामा वाणिज्य बैंकको नाफा ११.६७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्ममा २१ वटा बैंकहरुले ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको चैत मसान्तको तुलनामा ११.६७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुको नाफा ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने कम नाफा गर्नेमा कृषि विकास बैंक रहेको छ । नबिल बैंकले चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.६२ प्रतिशतले बढी हो ।

यस्तै सबैभन्दा कम नाफा आर्जन गरेको कृषि विकास बैंकले १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो भनेको गत आवको तेस्रो त्रैमासको तुलनामा ४५.३६ प्रतिशतले कम हो ।

धेरै नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई रहेको छ । बैंकले ४ अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको नाफा १६.९६ प्रतिशतले बढको छ । तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ रहेको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ११.३८ प्रतिशतले बढी हो ।

सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमा १४ वटाको नाफा बढेको छ भने ७ वटाको घटेको छ । ९ महिनाको अवधिमा प्राइम, माछापुच्छ्रे बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास र सनराइज बैंक रहेका छन् ।  यस्तै प्रभु, नबिल, लक्ष्मी, एभरेष्ट, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, एनआईसी एशिया, सानिमा, स्टयान्डर्ड चार्टर्ड, एनएमबि र कुमारी बैंकको नाफा बढेको छ ।

प्राइम बैंकको नाफा ९.३४ प्रतिशत, माछापुच्छ्रे बैंकको नाफा १२.८७, नेपाल बैंकको १८.७२ प्रतिशत, सिटिजन्स बैंकको नाफा २२.२४ प्रतिशत, सिद्धार्थ बैंकको नाफा २८.६५ प्रतिशत, कृषि विकास बैंकको नाफा ४५.३६ प्रतिशत र सनराइज बैंकको नाफा ८.३३ प्रतिशतले घटेको छ ।

यस्तै प्रभु बैंकको नाफा ११.५० प्रतिशत, नबिल बैंकको नाफा ५२.६२ प्रतिशत, लक्ष्मी बैंकको नाफा ४७.३१ प्रतिशत, एभरेष्ट बैंकको नाफा ६२.६३ प्रतिशत, नेपाल एसबिआई बैंक नाफा ३८.७१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको नाफा ३६.६८ प्रतिशत, हिमालयन बैंकको नाफा २४.९५ प्रतिशत , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २२.९६ प्रतिशत, ग्लोबल आइएमई बैंकको नाफा १६.९६ प्रतिशत, एनआईसी एशिया बैंकको नाफा ११.३८ प्रतिशत, सानिमा बैंकको नाफा ७.४७ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा ६०.२४ प्रतिशत रहेको छ । यस्तै एनएमबि र कुमारी बैंकको नाफा भने १ प्रतिशतभन्दा कम बढेको छ । एनएमबि बैंकको नाफा ०.६४ प्रतिशत र कुमारी बैंकको नाफा ०.९७ प्रतिशत छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार