शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौं । शताब्दी पुरुष स्व। सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । आज बिहान ५ बजेर ५६ मिनेटमा सय वर्षको उमेरमा जोशीको ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो ।

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो। यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार