नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित २२ वर्षीय क्षत्री पक्राउ

बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ।

शुक्रबार बिहान विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामबहादुर घर्ती मगरले श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला पारेको जानकारी दिए।

पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको डिएसपी मगरले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार