कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने समाजवादीको निर्णय

काठमाडौं : नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले देशव्यापी रूपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

काठमाडौंमा केन्द्रीय स्तरको र प्रदेश तथा जिल्ला स्तरमा पार्टी कमिटीको अनुकूलता अनुसार कार्यक्रम गरिने प्रवक्ता खतिवडाले बताए।

केही दिनअघि पार्टी परित्याग गरेका मुकुन्द न्यौपानेलगायतका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको पनि उनले जानकारी दिए।

‘उहाँले बाहिर लगाएका आरोप खण्डन गर्न लायक छैनन्। उहाँले बैठकमा ल्याएका प्रस्ताव पार्टी हित विपरीत थियो। त्यसमा कसैले समर्थन नगरेपछि छलफल नभएको हो।’ खतिवडाले भने, ‘उहाँहरूको नाम हामीले हाम्रो पार्टीको किताब खानाबाट मेट्ने निर्णय गरेका छौं।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार