बलात्कार पीडितसँग ९ हजार घुस लिने प्रहरी सहायक निरीक्षक पक्राउ

बलात्कार पीडितसँग जाहेरी दर्ता गर्नुको साटो उल्टै घुस माग्ने प्रहरी सहायक निरीक्षक ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन भदिसवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो।

अदालतलेसमेत जाहेरी दर्ता गर्न आदेश दिएको मुद्दामा पीडितबाट उल्टै घुस माग्ने प्रसनि भदिसवारलाई बिहीबार साढे पाँच बजेतिर मिर्चैया नगरपालिकाको वडा नम्बर ५ थानाकोकमा नियन्त्रणमा लिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार