म्यानमारमा हिंसात्मक गतिविधि बढ्दै

नइपिदव : म्यान्मारको सेनाले देशको दोस्रो ठूलो शहर माण्डले नजिकको मध्य साकिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मंगलबार गरेको हवाई आक्रमणमा महिला र बालबालिकासहित १३३ जनाको मृत्यु भएको छ।

आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका तथा ५० जनाभन्दा बढी घााइते भएको अपदस्थ राष्ट्रिय एकता सरकारका मानवअधिकारमन्त्री आङ म्यो मिनलाई उद्धृत गर्दै अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क ९सिएनएन० ले जनाएको छ।

दुई वर्षअघि शासन सत्ता कब्जा गरेको सेनाले पहिलोपटक यति घातक एवम् भीषण आक्रमण गरेको हो। अहिले आक्रमणस्थलको आकाश वरपर सैनिक विमान उडिरहे पनि हमला गरिएको छैन तर चिकित्साकर्मीलाई उक्त स्थलमा जान दिइएको छैन।

संयुक्त राष्ट्रसंघका मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौँ स्कुले बालबालिकाले ज्यान गुमाएको घातक हवाई हमलाबाट आफू आहत भएको बताउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन आह्वान गरेका छन्।

सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको थियो। आन्दोलन दबाउन सेनाले अन्धाधुद आक्रमण गर्दै आएको छ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएको म्यान्माली सैनिकले सोही समयदेखि क्षेत्रीय नियन्त्रणका लागि सशस्त्र जातीय समूहविरुद्ध कारबाही जारी राखेको छ। निर्मम आक्रमणका लागि परिचित म्यान्माली सैनिकको छवि इतिहासदेखि नै धुमिल छ।

यसैबीच दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन ९आसियान०ले कानबालुमा भएको हवाई हमलाको निन्दा गरेको छ। आसियानको वर्तमान अध्यक्ष इन्डोनेसियाले विज्ञप्ति निकाली उक्त आक्रमणको निन्दा गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार