मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा एक जनाको मृत्यु

चितवन। चितवनको कालिका नगरपालिकामा बुधवार दिउँसो मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ गल्छीका २१ वर्षीय राजकुमार ठकुरी रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक फलेवास नगरपालिका-३ घर भई भरतपुर महानगरपालिका ११ विशालचोक बस्ने २३ बर्षका लालप्रसाद सुवेदी घाइते भएका छन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार