सिन्धुपाल्चोकको हेलम्बुमा बेपत्ता हुनेको संख्या ७ पुग्यो

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् ।

बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । यस्तै हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ ।

बाढीले मेलम्ची खानेपानीको बाँध बगाएको छ । तिम्बु, बजार, तालामाराङ, मेलम्ची र याङ्री बजार क्षतविक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल र बाहुनेपाटी पूल पनि बगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार