वरिष्ठ उपाध्यक्षको मतगणना – १ हजार ६ सय मत गन्दा कसको कति ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको १ हजार ६ सय मतको गणना सकिएको छ । हालसम्म मत गन्दा रामचन्द्र संघईले ६१० मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् ।

त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५५८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ४१५ मत प्राप्त गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइरहेको छ ।

हालसम्म महासंघमा संघाई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना उपाध्यक्ष निर्वाचित भइसकेका छन् ।  जिल्ला नगरको उपाध्यक्षमा संघाई प्यानलबाटै सुरकृष्ण बैद्य विजयी भएका हुन् ।

वस्तुगत उपाध्यक्षमा भने उमेशलाल प्यानलका हेमराज ढकाल निर्वाचित भए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार