माधवलाई योगेशको प्रश्न : एमाले प्रतिपक्षमा छ, कसरी गर्छ संसद विघटन ?

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद् विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि बताए । उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे ।

सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद् विघटन गर्छ भनेर पनि प्रश्न गरे ।

उनले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गरे । उनले कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि कांग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार