रौतहटमा झडप हुँदा ६ प्रहरी र एक प्रदर्शनकारी घाइते

'आधा दर्जन हवाइफायर, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन'

काठमाडौँ- रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जना प्रहरी एवम् एक जना प्रदर्शनकारी घाइते भएका छन् । रौतहटको गरुडा नगरपालिकामा झडप भएको हो ।

नगरपालिका कार्यालयमा मेयर पदका उम्मेदवार दीपक यादवले तालाबन्दी गर्ने प्रयास गरेपछि उत्पन्न विवाद बढ्दै गएपछि झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै फायर खोलेको थियो । अहिले सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार