कोरोनाका कारण मृत्यु हुनेको संख्या दैनिक थपिँदै

काठमाडौँ – नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संंख्या दैनिक रुपमा थपिन थालेको छ । पछिल्लाे समय काेराेना संक्रमणा बढेसँगै मृत्यु हुनेकाे संख्या पनि दैनिक रूपमा थपिदै गएकाे छ ।

बुधबार काेराेनाका कारणा थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ। यसअघि मंगलबार पनि एक जना संक्रमितकाे मृत्यु भएको थियाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार