खुर्पाले हानेर ९१ वर्षीया आमाको हत्या

काभ्रे : बल्थलीमा खुर्पाले हानेर छोराले आमाको हत्या गरेका छन्। बुधबार काभ्रेको पनौती नगरपालिका–११ बल्थलीमा बस्दै आएका ५२ वर्षीय राजेन्द्र भनिने बिश्वबन्धु थापाले ९१ वर्षीया आमा कान्छी थापाको खुर्पाले हानेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले थापाले धारिलो हतियार खुर्पाले टाउकोमा प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको बताए ।

आमालाई आफूले मात्रै स्याहार गर्नु परेको थापाको भनाई छ। यद्यपि थापाले मानसिक रोगको औषधी खाइरहेको समेत पाइएको छ। प्रहरीले मानसिक रुपमा स्वस्थ नरहेको उनले कुनै कारणबस आवेगमा आमामाथि खुर्पा प्रहार गरेर हत्या गरेको हुन सक्ने अनुमान गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार