सगरमाथामा हिमपहिरो, तीन जनाको मृत्यु

शव निकाल्न हेलिकोप्टर पठाउने तयारी

सोलुखुम्बु- सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प-१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा लाक्पा रिता शेर्पा, तेन्जिङ शेर्पा र बादुरे शेर्पा रहेका छन् । पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको हुनाले शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार