कर्मचारी खटाएको ठाउँमा जानै मान्दैनन् : प्रशासन मन्त्री

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी परिचालनमा समस्या भएको बताएका छन् । प्रतिनिधिसभामा बैठकमा बुधबार विशेष समय लिएर बोल्दै उनले विकट ठाउँमा कोही पनि कर्मचारी जान नचाहेको बताए।

‘दुर्गम ठाउँमा कोही जान चाहँदैन। विकट ठाउँको नामै सुन्न चाहँदैनन्। सबै काठमाडौं र सिंहदरबार वरिपरि। उपत्यका वरिपरि अझै भन्नुपर्दा सुगम वरिपरि मात्रै जान चाहने विकृति छ।’ उनले भने, ‘एउटा सरुवा प्रणाली निर्माणका लागि म कटिवद्ध भएर लागेको छु।’

उनले आफूले जबर्जस्ती पठाएका कर्मचारी स्थानीय तहले हाजिर नगराउँदा पनि समस्या भएको बताए।

‘एउटा मेयरसाुब आउनुहुन्छ फलानो कार्यकारी प्रमुख चाहियो भन्नुहुन्छ, खाली भएको साथीलाई पठाउँछौं, त्यहाँबाट पार्टीको साथी, प्रतिनिधिसभा सदस्य र उपमेयरले फोन गरेर मलाई नसोधी किन पठाएको भन्नुहुन्छ’ उनले भने, ‘आफू अनुकुलको कर्मचारी भए मात्रै हाजिर गर्न दिने प्रवृत्तिले पनि समस्या छ। अर्को बल्लबल्ल खटाएका कर्मचारी पनि हाजिर गर्न नजाने देखिएको छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार