२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

तेह्रथुम। २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-६ सुदाप बस्ने ६२ वर्षीय गोपाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती महिलालाई ललाई फकाई गत भदौदेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार