उद्योग वाणिज्य महासंघको रोकिएको मतदान पुनः सुरु

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको मतदान पुनः सुरु भएको छ। बुधबार तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरुले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयको लागि अवरुद्ध भएको थियो।

महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो।

जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ। समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन्। ‘भोट फर अञ्जन’, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान स्थगित भएको छ।

महासंघको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा भइरहेको छ। महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिनेछन्।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नुहुने। नयाँ नेतृत्व चयन गर्नको लागि उद्योगी व्यवसायीहरुको बिहानदेखि प्रज्ञा भवनमा बाक्लो उपस्थिति छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार