ब्याजदर घटाउने बैंकहरुको निर्णय

नेपाल बैंकर्स संघको वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ।  बुधबार विहान बसेको संघको बैठकले १ वैशाखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको उपाध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए।

अब बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिशत हुनेछ।  बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ।

बजारमा ब्याजदर घटाउन माग भइरहेको र अवस्था सहजै रहेकोले ब्याजदर घटाउने निर्णय भएको कोइरालाले बताए । अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्ने छ। यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ।

बैंकको ब्याजदर घटाउनु पर्ने माग भइरहँदा प्रधानमन्त्री, अर्थमन्त्री लगायतले यसबारे छलफल भइरहेको बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार