बाढीले मेलम्ची बजारका घरहरु पुरिए (तस्बिरहरू)

मंगलबारदेखि भएको अविरल वर्षाका कारण मेलम्ची बजार डुबानमा परेको छ । बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको छ । बाढीले जिल्लाभर १० भन्दा बढी मानिस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ ।

मेलम्चीका सडकहरू बगाएको छ भने मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ ।

मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको डिएसपी सापकोटाले जानकारी दिए । मेलम्ची र ईन्द्रावतीको बाढीले घरहरूमा क्षति पुर्‍याएको र मानिसहरूलाई उद्धार गर्नुपर्ने हुन सक्ने भएकोले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मातहत उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार