लघुवित्त पीडितहरु वैशाख ५ गतेदेखि आमरण अनसन बस्ने

काठमाडौँ । लघुवित्त पीडितहरुले सरकारसँग न्यायको माग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका हुन् । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका छन् ।

लुघुवित्तय संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ । त्यस्तै, देशव्यापीरुपमा संघर्षलाई थप आक्रामक गर्ने उनीहरुले बताएका छन् ।

समितिका अध्यक्ष ज्ञवालीले पीडितहरूको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुगाएको बताए । उनले न्यायको लागि आफूहरू अन्तिम लडाइँ लडिरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार