फोहोर नउठाएको विषयमा मेयर बालेनसँग सरकारले छलफल गर्ने

काठमाडौँ । सरकारले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएको सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन शाहसँग आवश्यक छलफल गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर बालेन शाहले सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई गम्भीर रूपमा लिँदै आवश्यक कुराकानी र छलफल गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले त्यसबारे मेयर बालेन शाहसँग आवश्यक कुरा गर्ने निर्णय भएको बताइन् ।

‘फोहोर नउठेको विषय गम्भीर कुरा हो । यो स्थानीय तहको अधिकार क्षेत्रको कुरा भए पनि किन त्यसो गरियो भनेर यसबारे आवश्यक कुरा गर्ने निर्णय भयो’,मन्त्री शर्माको भनाइ छ । मेयर बालेन शाहले शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । सोही अनुसार त्यसयता सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार