मेलम्चीमा पहिरो, क्षतिको आकलन हुन सकेन

सिन्धुपाल्चोकको हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको छ । मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि नाकोटेमा बेलुकी साढे ६ बजे ठूलो पहिरो गएको स्थानीय दोर्जे तामाङले बताए ।

राति पहिरो गएकाले अहिलेसम्म त्यहाँ भएको क्षतिको आकलन हुन सकेको छैन । यद्यपि, पहिरोमा कोही पनि नपरेको हुन सक्ने अनुमान गरिएको छ । पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे/नपुगेको पनि एकिन हुन नसकोको तामाङले बताए ।

परीक्षणक्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी पनि आजै खोलामा छोडिएको थियो । त्यसले गर्दा खोला झन् उर्लेको तामाङको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार