रुस–युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज सार्वजनिक

'तनावमा अमेरिका, रुसलाई फाइदा'

काठमाडौं– रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ । बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्सा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा फसेको हो ।

चुहावट भएका दस्तावेजहरू मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट स्वीकार गर्दै सो विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीसमेत रहेको छ । चुहावट भएको दस्तावेजहरू कसले इन्टरनेटमा हाल्यो  भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान सुरू गरेको छ ।

चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गोप्य रूपमा गरिएका आर्थिक सहयोगको जानकारीसहित रुस र युक्रेन दुवैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेखसमेत उल्लेख भएको उक्त दस्तावेजहरू चुहावट भएका हुन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार