एलन मस्कले ट्विटरलाई ‘टीटर’ बनाइदिए

काठमाडौँ – ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले कम्पनीको नाम नै परिवर्तन गरिदिएका छन्।

अमेरिकाको सन फ्रान्सिस्कोस्थित ट्विटरको मुख्य कार्यालय अगाडि रहेको बोर्डको नाममा सिइओ मस्कले हेरफेर गरेका हुन्। मस्कले मुख्य कार्यालय बोर्डमा लेखिएको ट्वीटरबाट डब्ल्यू हटाएर टिटर बनाएका छन्।

उनले सोमबार एक ट्विटमार्फत आफूलाई कम्पनीको नाम टिटर राख्ने इच्छा व्यक्त गरेका छन्। तर नाम परिवर्तन गर्न नमिलेका कारण उनले मुख्य कार्यालयको बोर्डबाट अंग्रेजी अक्षर डब्ल्यू हटाएका हुन्।

ट्विटमा उनले भनेका छन्, ‘सान फ्रान्सिस्कोमा रहेको हाम्रो मुख्य कार्यालयको बोर्डमा कानुनी नाम राख्नुपर्ने हुन्छ। कानुनी रूपमा डब्ल्यू हटाउन मिलेन। त्यसैले त्यो अक्षरलाई रंग लगाएर छोप्यौं। समस्या समाधान भयो।’

मस्कले ट्विटरको नाम एकाएक परिवर्तन गरेका भने होइनन्। सन् २०२२ को अप्रिल मै उनले नाम परिवर्तन गर्नेबारे संकेत गरेका थिए।

मस्कले ट्विटर खरिद गरेदेखि सो प्लेटफर्ममा विभिन्न किसिमका परिवर्तन गरिरहेका छन्। उनले ट्विटरको समग्र व्यवस्थापनदेखि लोगोसम्म परिवर्तन गरिसकेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार