प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट (पूर्णपाठसहित)

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि लागि बजेट प्रस्तुत गरेको छ । सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेका हुन् ।

सोमवार आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले छैठौं अधिवेशनको ९ औँ बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत रकम विनियोजन गरिएको छ ।

यसैगरी पूँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३.४४ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात ०.३० प्रतिशत विनियोजन गरिएको छ । बजेटको स्रोतमा नेपाल सरकारको तर्फबाट अनुदान १३ अर्ब ९० करोड ३४ लाख रहेको मन्त्री यादवले बताए ।

प्रदेश सरकारले कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, कोरोना परीक्षण गर्ने किट लगायतका स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरीद गर्न १९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मिर्गौलाका बिरामीको डायलासिस गर्न ३५ वटा डायलासिस मेसिन खरीद गर्न १२ करोड रुपैयाँ विनियेजन गरिएको छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार