२५ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ

काठमाडौं। प्रहरीले २५ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका-३ घर भई हाल स्वयम्भूको भगवानपाउ बस्‍ने ५९ वर्षीय प्रेम लामा भन्‍ने ओमबहादुर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्‍यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको प्रहरीले जनाएको छ । उनी जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धाका सिलसिलामा फरार रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार