सरकारी टोलीसँग मिटर ब्याज पीडितले आज पनि वार्ता गर्ने

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबिच आज पुनः वार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर सङ्घर्ष समिति बिच सोमवार पनि वार्ता हुन लागेको हो ।

सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए । उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ । पहिलो दिनको वार्तामा सहमति हुन नसके पछि पुनः सोमवार वार्तामा बस्ने उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार