मंगलबार थपिए २ हजार ७४५ कोरोना संक्रमित, ४१ जनाको मृत्यु

नेपालमा मंगलबार थप २ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ४४९ पिसिआर परिक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ६४ गरि जम्म २ हजार ७४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ५०६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ४ हजार १ सय ८७ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख ४० हजार ४३९ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ३२ लाख ३१ हजार ६१२ वटा नमुनाको पीसीआर र १ लाख १९ हजार ५१ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार