धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना

पोखरा । म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ । अवतरण गर्ने क्रममा एभरेष्ट हेलिकप्टर दुर्घटना भएको हो । सामान लिएर कार्गो हेली इटालियन बेसक्याम्पबाट धौलागिरी बेसक्याम्पका लागि उडेको थियो ।

बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले बताए । ‘हेलिकप्टर दुर्घटना भएको छ । तर, पूर्ण विवरण आइसकेको छैन,’ गौतमले भने ।

उक्त हेलिकप्टर आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार