अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद श्रेष्ठ कारबाहीमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले पार्टीहित विपरीत काम गरेको निष्कर्ष निकाल्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरिएको हो ।

रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठको नाम चर्चामा थियो । उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै व्यापारीसँग करोडौं कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार