नियमित उडानमार्फत धनगढी प्रस्थान गरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार