कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/ ०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रमको पक्षमा सदनमा उपस्थित बहुमत सदस्यले मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपनि बहुमत भने पुगेन ।

प्रस्ताव पेश गर्नुअघि नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समय अभावका कारण व्यापक छलफल चलाउन नसकिएको भन्दै केही नयाँ योजनासहित विगतकै कार्यक्रमलाई निरन्तरता दिएको स्वीकार गरे । विगतकै नीति तथा कार्यक्रमकै निरन्तरता रहेकाले यस वर्ष पनि कोभिड–१९ र त्यसबाट सिर्जित समस्यालाई मध्यनजर गरिएको उनको भनाइ छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ । कर्णाली सरकारले आजै आगामी आवको बजेट सार्वजनिक गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार