भारत र चीनले बनाएको सरकारको कुनै इज्जत गर्दिन : बालेन शाह

काठमाडौं । बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि खनिएका छन् ।

आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।

‘इन्डियार चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गरेका छन्, नेपाल स्वाधीन कहिले हुने ?’ मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल भएन । केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ ।यसअघि रवि लामिछाने गृहमन्त्री हुँदासमेत यस कार्यलाई तत्काल सहयोग गर्न नसकिने बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार