एनआरएनलाई सरकारले निराश नबनाउने अर्थमन्त्री महतको आश्वासन

अर्थमन्त्री प्रकाशशरण महतले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत सम्बोधन गरिने आश्वासन दिएका छन्।
शुक्रबार सिंहदरबारमा एनआरएनएका पदाधिकारीसॅंगको भेटका क्रममा अर्थमन्त्री महतले यस्तो आश्वासन दिएका हुन्।नेपालमा अहिले लगानीको समस्या रहेको र यसमा एनआरएनले पहल गरे सरकारले निराश नहुने बातावरण बनाउने आश्वसन मन्त्री महतले दिएका छन् ।
एनआरएनका प्रतिनिधीसॅगको भेटमा महतले आगामी बजेटमार्फत पनि धेरै कुरा सम्बोधन गर्ने प्रतिबध्दता समेत व्यक्त गरे । एनआरएनए प्रतिनिधिले आफ्ना समस्यासहितको ज्ञापनपत्र अर्थमन्त्री डा.महतलाई बुझाएका थिए ।

उक्त ज्ञापनपत्र संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले पढेर सुनाएका थिए।

भेटमा एनआरएनए कार्यकारी अध्यक्ष बद्री केसीसहित अध्यक्ष कुल आचार्य र रबिना थापा, संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व उपाध्यक्ष रामेश्वर साह, सोनाम लामा लगायतका एनआरएनए अभियान्ताहरूको सहभागिता थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार