संसद भवन अगाडि फेरि आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास प्रयास भएको छ । संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन । प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार