लाखौँ रुपैयाँ ठगी गरी महिला फरार

बारा। बाराको निजगढ नगरपालिका–९ की एक महिलाले लाखौँ रुपैयाँ ठगेर फरार भएकी छिन् । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम प्यान्सी पसल सञ्चालन गर्दै आईरहेकी निलु नामले परिचित मनिला गौतमले दर्जनौँ महिलासँग लाखौँ रुपैयाँ सापटी लिएर फरार भएकी हुन् ।

फरार ३३ वर्षिया महिला गौतमले विभिन्न महिलाहरुसँग थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने तथा श्रीमानलाई विदेश पठाउनको लागि पैसा आवश्यक परेको भन्दै रकम मागेको पीडित महिलाहरु बताउँछन् । व्यावसाय सञ्चालन गर्ने भन्दै विभिन्न समयमा आफुसँग लाखौँ मागेको निजगढ ९ बस्ने रंजिता कुमारी श्रेष्ठले गुनासो गरिन् । उनका अनुसार केही समय पहिले मात्र नयाँ टिफर खरिद गर्ने रकम अपुग भएको भन्दै गौतमले श्रेष्ठसंग पैसा सापटी लिएकी थिइन्।

यस्तै गौतमले अन्य कयौं महिलाहरुलाई समेत आकर्षक ब्याज दिने प्रलोभन देखाएर लाखौँ रकम असुल गरी फरार भएको पिडितहरूको भनाई छ । गौतमले छिमेकी तथा आफन्तसंग विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिईको बताईएको छ । अधिकांशले कागज नगरी उनलाई रकम दिएका छन् ।

गौतमले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने, थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित रंजिता कुमारी श्रेष्ठले भनिन् ।

जिल्ला प्रहरी कार्यालय बारामा गौतमविरुद्ध जाहेरीसमेत परेको छ भने फरार रहेकी गौतमको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार