‘नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यू’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै कटाक्ष गरेकी छन् । ‘सम्माननीय सभामुख महोदय, नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यु’, संसद बैठकमा शुक्रबार उनले कटाक्ष गर्दै बोल्न सुरु गरिन् ।

उनले सांसदहरु बैठक छाडेर क्यान्टिरतिर लागेको भन्दै उनले सहकर्मीहरुलाई पनि कटाक्ष गरिन् । ‘यता उपस्थित हुनुभएका मान्यज्यूहरु, लबि, स्काइ हल र क्यान्टिनमा  भएका सांसदज्यूहरुमा म १० औँला जोडेर नमस्कार टक्र्याँदछु’, संसदमा उनले भनिन् ।

त्यसपछि उनले आफ्नो विषयवस्तु राखिन् । सो क्रममा अभिलेखीकरणको महत्व कतिपयले नबुझेको उल्लेख गर्दै त्यसबारे स्पष्ट पारिनुपर्ने बताइन् । उनले कार्यक्षेत्र स्पष्ट भएमा यसबारे काम गर्न सहज हुने भन्दै अभिलेख राख्ने प्रक्रिया पनि चुस्त दुरुस्त हुनुपर्ने धारणा राखिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार