गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति कार्यक्रममाथि मंगलबार बिहानदेखि १० बजेदेखि छलफल भएको थियो । छलफलमा उठेका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएका थिए । उनले नीति कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने गरी नै ल्याएको बताए । उनले प्रदेशका नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता रहेको बताए । पुरानै योजनालाई निरन्तरता दिँदै छुटेका कतिपय योजना बजेटमा समावेश गरिने उनको भनाइ थियो ।

मुख्यममन्त्री नेपालीको जवाफपछि सभामुख नेत्रनाथ अधिकारी नीति कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए । निर्णयार्थ प्रस्तुत गरेको नीति कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेकाले पारित भएको घोषणा गरेका हुन् ।

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार