स्वर्णिमले गरे तनहुँमा उम्मेदवारी दर्ता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् । प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने समर्थकमा रूपक विक घिमिरे छन् ।

वाग्लेको उम्मेदवारी दर्ता गर्न रास्वपाका सभापति रवि लामिछाने पनि सोमबार तनहुँ गएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार