ज्ञानेन्द्रलाल प्रधानलाई ७५ हजार जरिवाना र १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक बन्न रोक

नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गरेको छ ।  प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टी भएपछि नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचिकृत संस्थाको सन्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको हो ।

नेपाल हाईड्रो डेभलोपर कम्पनीको अध्यक्ष हुँदा प्रधानले आफ्नो नाममा रहेको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर बिक्री गरेका थिए । प्रधानले आफू अध्यक्ष हुँदा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए ।

प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेका थिए । रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए ।

बोर्डले न्यौपाने आफैंले र उनको परिवारका सदस्यले उक्त कम्पनीको सेयर दोस्रो बजारमा कानून विपरीत बेचेको भन्दै ६ पुस २०७८मा नै कारबाही सिफारिस प्रतिवेदन बुझाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार