तनहुँ–१ मा सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता

तनहुँ । तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि एमालेका तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।

खनालको प्रस्तावकमा र समर्थकमा क्रमश भगवती न्यौपाने र एकबहादुर राना रहेका छन् । यो क्षेत्रमा कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र रास्वपाबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार