सर्वोच्चमा रविविरुद्धको रिट दर्ता

'पहिलो सुनुवाइका लागि भोलि पेशी ताेकियाे'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । रविमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल) ले रिट दर्ता गरेका हुन् ।

युवराज सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको हो । रिट   उपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ ।

सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार