दुई हजार जरिवाना तोकिएकी फरार प्रतिवादी महिला पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले २ हजार जरिवाना तोकिएकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचौरकी २९ वर्षीय सुनिता ढकाल रहेकी छन् । जिल्ला अदालत सुर्खेतले उनलाई चेक अनादर मुद्दामा २ महिना कैद र २ हजार जरिवाना तोकेको थियो ।

तर उनले कैद र जरिवाना नतोकेर फरार रहेकी थिइन् । प्रदेश प्रहरी कार्यालय ब्युरो शाखा सुर्खेतबाट खटिएका प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र अदालतमा पेश गरिने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार