सेयर बजार राताम्मे

काठमाडौं । नयाँ अर्थमन्त्री आएसँगै सेयर बजारले कोल्टे फेर्ने अपेक्षा गरिएपनि त्यसो हुन सकेन । नयाँ अर्थमन्त्री आएको पहिलो कारोबार दिन नै नेप्सेमा २० अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २० अंकले घट्दै १८ सय ८८.५५ अंकको विन्दुमा ओर्लिएको हो । यस्तै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७२ अंकले घट्दै ३५५.७५ अंकमा झरेको नेप्सेले जनाएको छ ।

२० अंकले घटेको बजारमा आज १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटा उपसूचक नै ऋणात्मक हुन पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार