अर्जेन्टिना र चिलीको बराबरी

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका छन् ।

ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले ३३ औं मिनेटमा पहिलो गोल गरे । झन्डै २० यार्ड टाढाबाट मेस्सीले गरेको फ्रिकिक प्रहार गोलरक्षक क्लाउडियो ब्राभोले हातले भ्याएपनि पोस्टबाहिर राख्न सकेनन् । लगत्तै लाउटारो मार्टिनेजले अग्रता दोब्बर पार्ने अवसर चुकाए ।

पहिलो हाफमा एक गोलले पछि परेको चिलीले ५७ औं मिनेटमा खेल बराबरी गर्यो । पेनाल्टी क्षेत्रभित्र निकोलस टाग्लियाफिकोले आर्टुरो भिडाललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । भिडाल आफैंले गरेको पेनाल्टीलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेपनि रिबाउन्डमा एडुआर्डो भार्गास गोल गर्न सफल भएका थिए ।

यससँगै कोपा अमेरिकाको समूह ए मा अर्जेन्टिना र चिलीले १-१ अंक जोडेका छन् । यही समुहको अर्को खेलमा अहिले पाराग्वे र बोलिभिया भिडिरहेका छन् । यस समूहमा उरुग्वे पनि रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार