निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताए । “तपाईंहरुको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु”, उनले भने, “मैले अर्थतन्त्र सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईंबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार