‘सरकारले फेरि मिटरब्याजी पीडितलाई धोका दियो’

काठमाडौँ । सांसदहरुले मिटरब्याजी पीडितलाई सरकारले फेरि धोका दिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद ठाकुर गैरेले सरकारले मिटरब्याजीहरुबाट पीडित भएका व्यक्तिहरुमाथि सरकारले अर्को धोकाधढी गरेको बताएका हुन् ।

उनले भने– ‘सरकारले मिटरब्याजी पीडितमाथि फेरि धोकाधढी गरेको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर फेरि यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ काम भएको छ यसमा सुधार हुनुपर्छ र तत्काल पीडकहरुले कारवाही पाउनुपर्छ भन्ने कुरालाई सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले शून्य समय र विशेष समयमा उठेका कुराहरु सरकारले, मन्त्रीले, प्रधानमन्त्रीले जवाफ दिनुनपर्ने नियम अनुसार नै चलेको हो भन्दै प्रश्न गरे ।  यस्तै अर्का सांसद तेजुलाल चौधरीले शनिबार सरकार र मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति भएको उल्लेख गर्दै सो सँगै पुरानो प्रतिवेदन पनि पेस भएकोले त्यसको कार्यान्वयनका लागि माग गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार